बुटवल,४ पुस ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का रूपन्देही इन्चार्ज तथा मुस्लिम मुक्ति माेर्चा केन्द्रीय समितिका इन्चार्ज हकिउल्लाह खान मुसलमानले राजिनामा दिएका छन् ।

खानले साेमबार एक प्रेस विज्ञप्ति जारी गरि पार्टीको जिल्ला इन्चार्ज र माेर्चाकाे केन्द्रीय इन्चार्जबाट राजिनामा दिएको जनाएका हुन् ।

हालै सम्पन्न प्रदेश सभा तथा प्रतसनिधि सभा निर्वाचनमा रूपन्देही जिल्लाबाट पार्टीका कुनै पनि उम्मेदवारलाई विजयी बनाउन नसकेको र समामनुपातिक तर्फ पनि बिगतकाे निर्वाचनमा भन्दा कम मत आएको भन्दै उनलेे पार्टीको जिल्ला इन्चार्ज र माेर्चाकाे केन्द्रीय इन्चार्जबाट राजिनामा दिएको जनाएका छन् ।

प्रतिनिधि सभामा मुस्लिम कलस्टर समेत काेल्याप्स भएको उनको गुनासो छ ।