पाल्पा,२ बैशाख ।
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका–१ राईडाँडामा लु.६१ प ७६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तानसेन–६ घर भएका ४१ वर्षीय पदमबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा दर्लामीका छोरा १८ वर्षीय मन्दिप दर्लामी घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका बावुछाेरालाई उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको थियो । उपचारकै क्रममा पदमबहादुरको मृत्यु भएको र छोराको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

उकालो मोटरसाइकल ब्याक भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।