गुल्मी,१ बैशाख ।
गुल्मीको धुर्काेटमा नुहाउने क्रममा खाेलामा डुबेर एक किशोरकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-६ का १५ वर्षका राजेश कुमाल रहेका छन् ।
सोमबार स्थानीय सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।