पाल्पा,६ चैत ।
भारतको उत्तर प्रदेश स्थित गोरखपुरबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारतको उत्तर प्रदेश गोरखपुर जिल्ला निवासी २५ वर्षीय शिवम पाण्डेय रहेका छन् ।
पाण्डेय बुधबार पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको
प्रहरी नायव उपरीक्षक मल्लले बताए ।
बेपत्ता पाण्डेयकाे नेपाली सेना,नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।