फागुन, २७ बुटवल ।
बुटवल स्थित ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागी एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबारदेखी सुरु गरको छ ।
बुटवलमा आयोजित तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
संस्थाका अध्यक्ष मानबहादुर कुँवरले बाद्यबादन प्रशिक्षक मिना बुढाथोकीलाई मादल हस्तान्तरण गरी उद्घाटन गरिएको सो कार्यक्रमको उद्धेश्यबारे संस्थाका उपाध्यक्ष ईन्जिनीयर छबिन्द्र भट्टराई र लेखा सुपरिबेक्षण समिति संयोजक पशुपति पौडेलले प्रकाश पारेका थिए ।
वार्षिक कार्यक्रम अनुशार सेयरसदस्यहरुका क्षमता अभिवृद्धी साथै सहकारी शिक्षा कार्यक्रम अन्तरगत राखिएको सो तालिममा मिलन कलाकेन्द्रकी प्रशिक्षक मिना बुढाथोकीले बाद्यबादन र पत्रकार विनोद परियारले उद्घोषण तालिमको सहजिकरण गरेकाछन ।
सदस्यहरुको ४० जनाको समुह बनाई एक हप्ता सम्म बाद्यबादन अन्तर्गतको मादल, उद्घोषण साथै सहकारी शिक्षा सम्बन्धि तालिम दिईने संस्थाका सचिव एवं शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक विनोद खनालले जानकारी दिए ।