बुटवल,२५ फागुन ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि रूपन्देहीको तिलाेत्तमामा सुरु भएको छ ।

प्रतियोगिताकाे केहीबेर अघि तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख खाँडले राष्ट्रिय स्तरको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनु तिलाेत्तमाका लागि गाैरवकाे बिषय भएको भन्दै प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाकाे तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

पछिल्लो समय नेपालमा क्रिकेट खेलप्रतिकाे आकर्षण बढ्नुकासाथै क्रिकेट खेलकाे विकास भैरहेको भन्दै नगर प्रमुख खाँडले नगरपालिकाले पनि क्रिकेट खेलकाे विकासका लागि आवश्यक बजेट बिनियाेजन गरेको जानकारी गराए ।

लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य तथा खेल संयोजक प्रथम पराजुलीकाे सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा
एक्स्र्ट्राटेक ओवल क्रिकेट रंगशालाका प्रवन्ध निर्देशक बिनाेद कुँवर,रूपन्देही क्रिकेट संघका काेषाध्यक्ष निरज प्रताप खाँडलगायतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

रूपन्देहीको तिलाेत्तमा स्थित एक्स्र्ट्राटेक ओवल क्रिकेट रंगशालामा सञ्चालन भएको प्रतियोगिताकाे उद्घाटन खेलमा बिभागिय टोली एपीएफ र बागमती प्रदेश बीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलमा एपीएफले ब्याटिङ गरेको छ ।