बुटवल,२३ फागुन ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसकाे पूर्व सन्ध्याका बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर स्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड महिला बिकास उपसमितिकाे आयाेजना महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी संस्था अन्तर्गत गठित महिला विकास उपसमिति संयाेजक सुनिता गिरीकाे सभापतित्व र संस्थाका काेषाध्यक्ष सीता कंडेल तरामुकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,
सामाजिक अभियान्ता लता खड्काले महिला हिंसा र त्यसबाट बच्ने उपाय एवं हिंसाका घटना न्युनिकरण सम्बन्धि प्रस्तुतिकरण गरेको संस्थाले जनाएको छ ।

६० जनाकाे सशधागिता रहेको कार्यक्रममा बुद्ध टाेल विकास समिति अध्यक्ष शारदा सुवेदी,मन कुमारी छन्त्याल श्रेष्ठ,सीता थापालगायतले आ आफ्नो भनाइ राखेका थिए ।