पाल्पा, २० फागुन ।
पाल्पाको तिनाउ गाउपालिका बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका २ खुर्सानेका जीवन बिक रहेका छन् ।

गाेप्य सुचनाकाे आधारमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले एक थान भरुवा बन्दुकसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

उनको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्थानिय प्रहरी प्रशासनले पटक पटक भरुवा बन्दुक बुझाउन आग्रह गर्दा पनि अटेर गरी यस्ता भरुवा बन्दुक राख्ने गरेको पाइएको छ ।

गाउँमा वन्य जन्तुको विगविगि बढ्दै गएपछि वन्य जन्तु धपाउने र नियन्त्रण गर्ने उद्देश्यले राखिएका प्रचलित ऐन कानुन विपरीतका हतियारसहित प्रहरीले हतियारधनीलाई नियन्त्रणमा लिने गरेको छ । भरुवा बन्दुक सहित पक्राउ परेका जीवन विकलाई हात हतियार तथा खरखजना ऐन अन्तर्गत कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।