राेल्पा,११ फागुन ।
माओवादीकाे उद्गम स्थल राेल्पामा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ ।

पार्टीको दोस्रो जिल्ला सम्मेलनका क्रममा नेपाली कांग्रेस रोल्पाले जिल्ला सदरमुकाम लिवाङमा शक्ति प्रदर्शन गरेको हो ।

सम्मेलन सुरु हुनुअघि रोल्पा कांग्रेसले पञ्चे बाजासहितको र्‍याली निकालेको थियो । त्यसअघि सम्मेलनमा सहभागी हुन नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू जिल्लाका बिभिन्न ठाउँबाट जीप, बस, मोटरसाइकलमा सदरमुकाम लिवाङ आएका थिए ।

कार्यक्रमको मुख्‍य अतिथि कांग्रेसका महामन्त्री गगन थापा रहेका छन् । उनलाई पञ्चे बाजासहित स्वागत गरिएको थियो ।

रोल्पाको १० पालिकामध्‍ये रुन्टीगढी र सुकीदहमा कांग्रेसले जितेको थियो ।

रूकुम राेल्पा माओवादी उदगम स्थलको रूपमा रहेको छ ।