बुटवल,६ फागुन ।
बुटवलमा तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन भएको दिन २४ खेल समस्य भएकाे छ ।
उद्घाटन खेलमा मेन्स सिगलतर्फ निहालजंग थापाले विष्णु नेपालीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरे ।

यसैगरि आयुषमान घलेले युगेन शेर्पालाई ६–२, ६–१ को सेटमा, देव आशिष रेउलाले निश्चल कायस्थलाई ६–२, ६–३ को सेटमा पराजित गरे । गोविन्द नेपालीले वाकओभर पाउँदै दोस्रो चरणमा पुगे ।

यसैगरि वुमन्स सिंगलमा सुनिरा थापाले जिनी खड्कालाई ६–३, ६–० को सोझो सेटमा हराइन् । आयुषा डोल्कर गुरुङ र भगवती बिक वाकओभर पाउँदै अघि बढे ।

यसैगरि ३५ प्लस सिगलमा जितेन्द्र परियारले सरोज पौडेललाई ६–०, ६–० ले, चोम बहादुर शाहले प्रकाश बस्नेतलाई ७–५, ६–२ ले पराजित गरे । केशव खत्रीले पनि वाकओभर पाए ।

यसैगरि ४५ प्लस सिगलमा गोपाल ज्ञवालीले विष्णु बहादुर थापालाई ६–३, ६–३ ले, मनोज नेपालले विष्णु चापागाईलाई ६–२, ६–० ले हराए भने राज गुरुङले वाकओभर पाए ।

सिंगल ५५ प्लसमा राजकुमार गुरुङले मछिन्द्र थापालाई ६–४, ६–३ ले, उत्तम बोगटीले अजय बिष्टलाई ६–५, ६–२ ले हराए।‌ चन्द्र शाहीले वाकओभर पाए‌‌ ।

डबल्स ३५ प्लसमा प्रकाश बस्नेत र भिम बहादुर मगरको जोडीले सोम राना र अर्जुन गुरुङको जोडीलाई ७–५, ६–३ ले हरायो ।‌

डबल्स ४५ प्लसमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीले राज गुरुङ र माधव भण्डारीको जोडीलाई ६–१, ६–४ ले पराजित गर्यो । कमल भण्डारी र सुर्दशन विष्टको जोडी वाकओभर पायो ।

डबल्स ५५ प्लसमा सुर्दशन विष्ट र हिमाल शाहको जोडीले विष्णु चापागाई र अब्दुल सहमतको जोडीलाई ६–२, ६–१ ले पराजित गर्यो ।

त्यस अवसरमा रुपन्देहीको टेनिस विकासमा योगदान दिएका संस्थापक अध्यक्ष अशोक गुरुङ, श्रीमध्यपश्चिम पृतनाका महासेनानी मचिन्द्र थापालाई दोसल्ला, कदरपत्रबाट सम्मान गरिएकाे थियो ।

बुटवलमा साेमबारदेखि मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता पनि सुरु भएको छ ।