माेतिपुर औद्याेगिक करिडोर र सेमलारमा देशकै ठूलो अन्तर्राष्ट्रिय कृषि उपज केन्द्र बनेपछि सेमलार र माेतिपुरकाे कायापलट हुन्छ : नगर प्रमुख पाण्डेय
बुटवल,४ फागुन ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे नेपालले अब आफुलाई पुनर्जागृत गर्ने बेला आएको बताएका छन् ।
नेपाल प्राकृतिक,जैविक,सांस्कृतिक र भाैगाेलिक बिबिधताले भरिपूर्ण रहेको भन्दै उनलेे यसैको जगमा नेपालले आफुलाई पुनर्जागृत गर्दै समृद्धिकाे मार्गमा अगाडि बढ्नुको बिकल्प नभएको बताए ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १५
सेमलार स्थित चम्किपुरमा आयोजित श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञकाे उद्घाटन गर्दै मन्त्री पाण्डेले पुर्बीय दर्शनमा आधारित हाम्रो सभ्यता,संस्कृति र माैलिकताबारे पुनर्जागृत गर्नुपर्ने बताएका हुन् ।
पछिल्लो समय नेपालमा केही हुदैन,यहाँ केही गर्न सकिदैन भन्ने भास्य निर्माण खाेजिएकाे भन्दै मन्त्री पाण्डेले निरासाकाे खेती गर्न छाडेर अब आशा जगाउने पुनर्जागरण अभियान सञ्चालन गर्न जरुरी रहेकोमा जाेड दिए ।
पुर्बीय दर्शनमा आधारित सभ्यता र संस्कारलाई छाडेर भाैतिक विकासकाे पछि लाग्दा जलवायु परिवर्तनको असरले प्राकृतिक प्रकाेप बढेको बताउदै उनलेे अब पुनः प्रकृति तर्फ फर्किन जरुरी रहेको उल्लेख गरे ।
प्राकृतिक बिबिधताले भरिपूर्ण नेपालले पुर्बीय दर्शनमा आधारित मानव सभ्यताकाे महत्त्व बारे आफु जागृत हुँदै विश्वलाई जगाउने अभियानकाे नेतृत्व गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै धार्मिक पर्यटनका माध्यमबाट बुटवलकासाथै देशनै समृद्ध बन्न सक्ने बताए ।
बुटवल मुक्तिनाथ हुदै काेरला नाकासम्म राम्रो सडक बनाउन सके कम्तीमा एक कराेड भारतीयलाई मुक्तिनाथ र त्यत्तिकै संख्यामा तिब्बतीहरूलाई लुम्बिनी ल्याउन सकिने सम्भावना रहेको भन्दै उनलेे त्यसका लागि बुटवल उपमहानगरपालिकाले भारतीय धार्मिक अभियन्ताहरूलाई बुटवल-मुक्तिनाथ धार्मिक यात्रा गराउन लागेको जानकारी समेत गराए ।
बुटवल उपमहानगरपालिकाले गाैतमबुद्वकाे जन्मस्थल लुम्बिनी र मुक्तिनाथलाई भारतका बिभिन्न धार्मिक तिर्थस्थलसँग जाेड्न धार्मिक पर्यटकीय सडकको परिकल्पना गरेको भन्दै नगर प्रमुख पाण्डेयले साे त्यसका लागि भारतका बिभिन्न शहरका प्रमुख र बुटवलदेखि पाल्पा हुँदै मुक्तिनाथसम्मका पालिका प्रमुखहरूकाे भेलाकाे तयारी भइरहेको बताए ।
बुटवलको सेमलारमा अन्तर्राष्ट्रिय स्तरको कृषि उपज केन्द्र निर्माणका लागि स्रोत सुनिश्चित भइसकेको र माेतिपुर औद्याेगिक क्षेत्रकाे जग्गा नापजाँचकाे कार्य तिब्र रूपमा अगाडि बढेको जानकारी गराउदै उनलेे कृषि उपज केन्द्र र माेतिपुर औद्याेगिक करिडोर निर्माण भएपछि यस क्षेत्रकाे कायापलट हुने बताए ।
उनलेे अंग्रेजलाई हराएको बुटवलको जितगढी किल्लाकाे थप उत्खनन गर्ने ब्यवस्था मिलाउन मन्त्री पाण्डेसँग आग्रह गरे ।
जेष्ठ नागरिक,महिला तथा बालबालिकाकाे संरक्षण र गाैरक्षा जस्तो समाज कल्याणका लागि आयोजित महायज्ञ सफल हुने उनको विश्वास छ ।
महायज्ञ आयोजक समिति अध्यक्ष हरिध्वज मल्लकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका बुटवल-१५ का वडा अध्यक्ष शिब राना,राष्ट्रिय पराेपकार समाज नेपालका अध्यक्ष भागवत भास्कर कमलनयन गाैतम,बरिस्ठ ज्याेतिषाचार्य बासुदेव कृष्ण सास्त्री,मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
आजदेखि सुरु भएको महायज्ञ यही फागुन ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।