बुटवल,२ फागुन ।
रूपन्देहीको राेहिणी खाेला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमकाे प्रादेशिक इन्धन डिपोकाे डिपिआर अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
हाल रूपन्देहीको भलवारी स्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजना अनुसार आयल निगमले रूपन्देहीको राेहिणी गाउपालिका र ओमसतिया गाउपालिकाकाे सीमा पर्ने राेहिणी खाेला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।
डिपो निर्माणका लागि पहिलो चरणमा खाेला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका ईन्जिनियर अंकित रिमालले जानकारी दिए ।
आयोजनाकाे डिपिआर काठमाडौ विश्व विद्यालय अन्तर्गतको काठमाडौ युनिकन्सल्टले गरिरहेको ईन्जिनियर रिमालले बताए ।
आठ महिना भित्रमा डिपिआर तयार गर्नेगरी काठमाडौ युनिकन्सल्टसँग सम्झौता भएको र डिपिआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उनलेे जानकारी दिए ।
रूपन्देहीको भलवारीमा रहेको डिपोकाे स्टाेरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले राेहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो ।
करिब ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भए पनि डिपिआर तयार भइसकेपछि मात्रै कूल लागत र डिजाइन एकिन हुने आयोजनाले जनाएको छ ।