बुटवल,१ फागुन ।
नेपालकाे प्रजातान्त्रिक आन्दोलनका पहिलो सहिद क्याप्टेन लखन थापा मगर प्रति राज्यले उचित सम्मान नदिएको सराेकारवालाहरूले गुनासो गरेका छन् ।
नेपालका प्रथम शहीद लखन थापामगरको १४८ औं स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाल मगर संघ रूपन्देही र लखन थापामगर अक्षयकोष २०५६ रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बाेल्ने वक्ताहरूले लखन थापा मगरलाई राज्यले सहिद घाेषणा गरे पनि उनको योगदानकाे उचित कदर गर्न नसकेको गुनासो गरेका हुन् ।
नेपाली सेनाकाे जागिर त्यागेर नेपालमा प्रजातन्त्र स्थापनाका लागि राणा शासनकाे बिरूद्व आन्दोलनमा हाेमिदा सहिद भएका लखन थापामगरलाई सहिद घाेषणा गर्न पनि ढिलाइ गरेको र सहिद घाेषणा गरे पनि उचित सम्मान दिन नसकेको उनिहरूकाे गुनासो छ ।
तत्कालीन राणा शासनकाे अन्त्य र प्रजातन्त्र स्थापना गर्ने उदेश्यले नेपालमा पहिलो जनक्रान्ती वा जनविद्रोह गर्ने पहिलो याेद्वा लखन थापा मगरलाई राष्ट्रिय बिभुती घाेषणा गरी उनलेे शाहदत प्राप्त गरेको दिन फागुन २ गते राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्ने उनिहरूकाे माग छ ।
नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेकाे सभापतित्व र मगर संघका केन्द्रीय सह अध्यक्ष दलबहादुर बिरकट्टा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लखन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष जिवन आलेलगायतले लखन थापालाई सहिद घाेषणा गरे पनि उनिसँगै हत्या गरिएका अन्य याेद्वाहरूलाई सहिद घाेषणा नगरिएकोमा समेत असन्तुष्टि जनाए ।
नेपाल मगर संघ रूपन्देही सचिव राधिका श्रीसकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।