बुटवल,२८ माघ ।
लुम्बिनी प्रदेशका उप सभामुख मेनुका खाँण केसीले राज्यले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताएकी छिन् ।
पछिल्लो समय युवाहरूको विदेश पलायनकाे अवस्था दुखद रहेको भन्दै उनलेे युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउन राज्यले आवश्यक नीति र योजना ल्याउनुपर्नेमा जाेड दिइन ।
युवा सत्य तथ्यामा आधारिक युवा देशलाई खाँचो भएको
साेमबार बुटवमला आयोजित दायित्व फेलाेसिप संगाेष्ठी कार्यक्रममा उप सभामुख केसीले राज्यले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिदै देश बदल्ने जिम्मेवारी युवाहरूको पनि भएको बताएकी हुन् ।
उनलेे सबैले आ आफ्नो कर्तव्य जिम्मेवारी पुर्वक निर्वाह गर्नुपर्ने बताइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा प्रदेश मामिला तथा कानुन समिति सदस्य भोजप्रसाद श्रेष्ठले प्रमाणको आधारमा,इसुबेसका आधारमा र आवश्यकताको आधारमा कानुन तथा नीति निर्माण गर्नुपर्नेमा जाेड दिए ।
भावनाको आधारमा नभई तथ्यमा आधारित रहेर नीति नियम र योजना बनाउन जरुरी रहेको भन्दै उनलेे युवाहरूले स्वदेशमै केही गरेर देखाउनुपर्ने बताए । उमेरको आधारमा नभएर बिचार र दृष्टिकोणको आधारमा युवाकाे परिभाषा गर्नुपर्ने बताउदै उनलेे अहिलेका युवाहरूको बिचार र दृष्टिकोण पनि बुढो र धोद्रो हुनु अहिलेको समस्या रहेको उल्लेख गरे ।
अर्थ,उद्योग तथा पर्यटन समिति सदस्य तुलसी प्रसाद चौधरीले विधेयक निर्माण गर्दा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्ने गरेको बताउँदै लगानी गर्नासाथ प्रतिफल खोज्ने युवाहरूकाे प्रबृत्तिका कारण समस्या सृजना भएको बताए । युवाहरूमा धैर्यताको अभाव र टेबुल वर्क बाहेक अन्य कामलाई रोजगारी नठान्ने प्रबृत्ति देखिएको भन्दै उनले खेतबारीमा काम गरेर आर्थिक उपार्जन गर्नेे तर्फ युवाहरूले ध्यान नदिदा मुलुककाे आर्थिक अवस्था खस्केको धारणा राखे ।
नेपाली काग्रेसका नेतृ तथा प्रदेश सभा सदस्य निमा गिरीले नेपालमा तथ्यांक लिने तरिकामै त्रुटि रहेको भन्दै त्रुटिपूर्ण तरिकाबाट लिइएको तथ्यांक सहि नहुने र गलत तथ्यांकका आधारमा बनाइने नीति नियम तथा योजना बाट मुलुकको समृद्धि सम्भव नहुने बताइन् ।
तथ्यांक लिने तरिका सुधार गर्न जरुरी रहेको भन्दै उनलेे तथ्यांक सुधार अभियान सञ्चालन गर्नुका साथै युवालाई उत्पादनसँग जोड्नुपर्नेमा जाेड दिइन् ।
छलफल संवाद कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले दोस्रो आवधिक योजना अन्तिम चरणमा पुगेको बताउँदै आवधिक योजनालाई टेकेर मध्यमकालिन खर्च संरचना र त्यसका आधारमा बार्षिक नीति तथा कार्यक्रम अगाडी बढाएको बताए ।
भैरहवा बहुमुखी क्याम्पसकी उपप्राध्यापक तथा अधिवक्ता बिमला पोखरेलले नेपालमा गरिने रिसर्च एकेडेमीक क्वालिफिकेशनका लागि मात्रै,खोज अनुसन्धान जस्तो बिषय बिक्रीको साधन बनाउन नहुने कुरामा जोड दिएकी थिईन् । बास्तविक रिसर्च गर्ने परिपाटीको आवश्यकता रहेको बताईन् । रिसर्च सेन्टर र प्रदेश युनिभर्सिटी जरुरी त्यसका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिईन् ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्गम कुमार पुन विज्ञहरूसँग छलफल गरेर मात्रै विधेयकहरू अगाडि बढाउने बताएका थिए । सरोकारवालाहरूसँग छलफल गरेर कानुन निर्माण गर्नुपर्ने पने तर सरोकारवालाहरूनै इन्ट्रेष्ट ग्रुपको रूपमा देखापर्ने गरेको बताएका थिए ।
प्यानल डिष्टसन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभामाका सचिव दुर्लभ कुमार पुनले दोस्रो कार्यकालको दुई बर्षको अबधिमा लुम्बिनी प्रदेश सभाबाट १० वटा कानुन निर्माण भएको बताएका थिए । उनले अघिल्लो कार्यकालमा ७२ वटा कानुन निर्माण गरिएको जानकारी दिदै युवाहरूको विदेश पलायनको अवस्था दर्दनाक अवस्था रहेको भन्दै देशमा केही हुदैन भन्ने गलत भास्य निर्माण गरिएको भन्दै त्यसलाई राज्यले चिर्न सक्नुपर्ने धारण राखेका थिए ।
दायित्वका केन्द्रीय अध्यक्ष डा. पुकार मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा कृषि,बन तथा वातावरण समितिका सदस्य भगवती अधिकारी, दायित्व फेलो उदेन देवकोटा, समिक्षा भट्टराई, सोनिया बस्याल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
प्रमाणमा आधारित नीतिगत पैरवीका लागि युवा सरकार सहकार्य प्रवद्र्धन विषयमा छलफल तथा प्यानल डिष्कसन गरिएको थियो ।