बुटवल,२५ माघ ।
मोटरसाइकल चोरी गरेकाे आराेपमा बुटवलबाट ७ जना पक्राउ परेका छन् ।
बुटवल र आसपासका क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोहको ७ जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीहरुबाट ६ थान चोरी भइका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका वडा नं.५ का १८ वर्षिय राजु थारु, सोही स्थानका १९ वर्षिय अमित भन्ने जंग बहादुर थारु, २० वर्षिय सुदिप थारु, सैनामैना वडा नम्बर ४ का १९ वर्षिय गणेश थारु, १८ वर्षिय निम बहादुर थारु, १९ वर्षिय बिक्की नाउ र १८ वर्षिय बिनोद हरिजन रहेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका विभिन्न स्थानहरुबाट सवारी साधनहरु(मोटर साईकल र स्कुटर) चोरी भएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल रामनगर, इलाका प्रहरी कार्यालय रन्यौरा(मुर्गिया)बाट खटिएको प्रहरी टोलीले चाेरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायव उपरीक्षक बिजय पण्डीतले जानकारी दिए ।
चोरी भएका ६ थान मोटरसाईकल सहित पक्राउ परेका उनिहरूलाई रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।