पाल्पा,२५ माघ ।
कोठाभाडाको नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ ।

हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी रहेका छन् । तानसेन नगरपालिका–११ स्थित माधव विष्टको घरमा बसेका बुढाथोकीको बुधबार हत्या भएको थियो ।

घरभाडा बापतकाे १४ सय रूपयाँ नदिएकाे बिषयमा बिवाद हुँदा घरबेटी बिष्टले बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

मल्लका अनुसार मासिक ५ सय रुपैयाँ कोठाभाडा बुढाथोकी विष्टको घरमा बस्दै आएका थिए ।

१४ सय कोठाभाडा नदिएको विषयमा विवाद भएपछि बिस्टले हसियाँले हानेर बुढाथोकीकाे हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।

मादक पदार्थ समेत सेवन गरेकाे पाइएको उनलेे बताए ।

हत्यामा संलग्न भएको आराेपमा घरबेटी बिष्टलाई पक्राउ गरी कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पाल्पाबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।