बुटवल,२० माघ ।
बुटवलको राजमार्ग चाैराहमा बसले स्कुटरलाई ठक्कर दिदा एक जनाकाे मृत्यु भएकाे छ ।
बुटवल बाट भैरहवा जांदै गरेको ट्रकले साेहीदिशा तर्फ जांदै गरेको स्कुटरलाई राजमार्ग चाैराह चाेकमा ठक्कर दिदा उक्त दुर्घटना भएकाे हाे ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार लु ९४ प ८५९४ काे स्कुटरमा सवार यात्रुलाई ल २ ख ८८६ नम्बरको ट्रकले ठक्कर दिएकाे थियो ।
दुर्घटनामा गम्भीर घाइते स्कुटरमा सवार यात्रु बुटवल १० कालिकानगरका ७० बर्षिय धन बहादुर पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
ठक्कर दिएर भागेको ट्रक र चालक नवलपरासीका पुर्ण बहादुर गुराैलाई तिलाेत्तमा नगरपालिका ड्राइभरटाेलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान सुरु भएकाे प्रहरीकाे भनाइ छ ।