Share this News on Social Networking Pages

बुटवल,१६ माघ ।
नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले राज्यको अभिभावकीय भुमिका निर्वाह गरिसकेको ब्यक्ति पुन कार्यकारी भुमिकामा आउनु उपयुुक्त नभएको बताएका छन् ।

प्रेस चाैतारी रूपन्देहीद्वारा आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा आउने चर्चा बारे पत्रकारकाे जिज्ञासामा उनलेे राज्यको सम्मानित संवैधानिक निकायमा बसेर मुलुककाे अभिभावकीय भुमिका निर्वाह गरिसकेको ब्यक्ति पुनः कार्यकारी भुमिकामा आउनु उपयुुक्त नहुने भन्दै त्यस बारेको चर्चा अनुमानका आधारमा भइरहेको दाबी गरे ।

सामाजिक सञ्जाल नियमन गर्ने सम्बन्धि विधेयकको बचाउ गर्दै उपमहासचिव ज्ञवालीले मित्थ्या सुचनाकाे बाढीले सत्य सुचनालाई बगाउने र मुलुकमा अराजकता बढ्नसक्ने अवस्थालाई मध्यनजर गरी सरकारले त्यस सम्बन्धि ऐन ल्याएको दाबी गरे ।

लाेकतन्त्र भनेको अराजक तन्त्र नभएको भन्दै उनलेे अराजकतालाई अभिब्यक्ति स्वतन्त्रतासँग जाेडेर हेर्न नहुने विचार ब्यक्त गरे ।

जनताको अभिब्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने नभई मर्यादीत र ब्यवस्थित बनाउन सामाजिक सञ्जाल नियमन सम्बन्धि ऐन आएको बताए ।

हेट स्पिचकाे बिषयलाई लिएर अहिले गलत भास्य निर्माण गर्न खाेजिएकाे भन्दै उपमहासचिव ज्ञवालीले हेट स्पिचकाे आफ्नै परिभाषा रहेकोले त्यसलाई आफु अनुकूल ब्याख्या गर्न नहुनेमा जाेड दिए ।

जातीय,क्षेत्रीय र धार्मिक दृष्टिकाेणले नेपाल संवेदनशील रहेको बताउदै उनलेे कहि कतै सन्तुलन कायम गर्न नसके समस्या उत्पन्न हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने आवश्यकता औल्याए ।

अस्थिरताका संबाहकहरूले सरकार आजै ढल्छ,भाेलीनै ढल्छ भन्ने दुस्प्रचार गरिरहेकाे भन्दै उनलेे सरकार आज ढल्छकी,भाेली ढल्छकी भन्ने अवस्था अन्त्य गर्नकै लागि कांग्रेस एमालेबीच नयाँ समिकरण बनेको उल्लेख गरे ।

२०७९ काे निर्वाचनबाट कुनै पनि दललाई बहुमत नदिएपछि सरकार सञ्चालनका लागि मुलुकमा तीन वटा प्रयोग असफल भएकाेले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उनको भनाइ छ ।

नयाँ सरकार बनेपछि अर्थतन्त्र सकारात्मक दिसातर्फ अगाडि बढेको र निजी क्षेत्र उत्साहित बनेको भन्दै उनलेे बर्तमान सरकारले १४ हजार बचतकर्ताकाे बचत फिर्ता गराएको बताए ।

बचतकर्ताकाे रकम फिर्ता गराउने र दाेषिलाई सरकारले बिना मुलाइजा कारबाही प्रक्रिया अगाडि बढाएको दाबी गर्दै उपमहासचिव ज्ञवालीले लामिछाने माथिको अनुसन्धान रास्ट्रिय स्वतन्त्र पार्टी गठन हुनुभन्दा अगाडि गाेर्खा मिडियाकाे प्रवन्ध निर्देशक हुँदाको मुद्दा भएकोले यसलाई राजनीतिक दृष्टिकोणले हेर्न नहुने बताए ।