कपिलवस्तु,१५ माघ ।
कपिलवस्तुकाे कृष्ण नगर वडा नम्बर १ बाट २ किलो २५ ग्राम चरेस सहित एक महिला पक्राउ परेकी छिन् ।
बिहानै चरेस बोकेर भारत जान लागेकी महिलालाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट प्र.ना.नि.सुशील के.सी.को कमाण्डमा खटिएको लागुऔषध नियन्त्रण टोलीले सोमबार कृष्णनगर सीमा क्षेत्रमा नेपालबाट भारत पैदल जान लागेकी महिलालाई चेकजाँच गर्दा शरीरमा लुकाई राखेको अवस्थामा लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रुपन्देहीकाे देवदह नगरपालिका वडा नं. ९ शितलनगर घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा बस्ने वर्ष ३० की सरस्वती बी.क.रहेकी छन् । लागुऔषध चरेस कहाँबाट ल्याएको भन्ने बारे थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।