बुटवल,१३ माघ ।
लुम्बिनी प्रदेस सम्सद निमा गिरिले पछिल्लो एक वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा भएका उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गरेकी छन् ।
रिपोर्ट कार्य सार्वजनिक गर्दै उनले भनिन् –‘आज नागरिकसामु प्रत्यक्ष रूपमै वार्षिक रिपोर्ट पेस गर्दै गर्दा म जनतासँग प्रत्यक्ष संवाद कायम गर्न जनप्रतिनिधिहरूले आफ्ना कामको विवरण जनतासमक्ष प्रस्तुत गर्नु र आफू पारदर्शी बन्न मद्धत पुग्छ ।’ उनले यसप्रकारको कामले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन र जनप्रतिनिधिहरूलाई थप जिम्मेवार बनाउन सहयोग पु¥याउने विश्वास ब्यक्त गरेकी छन् । प्रदेश सभा सदस्य गिरीले आफूले सोचे अनुरूप काम हुन नसके पनि अवस्था निराशाजनक भने नभएको उनको दावी छ । एक वर्षको अन्तरालमा भएका उपलब्धिहरू एक–एक गरेर सार्बजनिक गरेकी हुन ।
प्रदेश आयोजना बैंकको अवधारणा प्रस्तुत, लुम्विनी प्रदेशला पहिलो संकल्प प्रस्ताव दर्ता, विद्यार्थीलाई निःशुल्क अनलाईन कक्षा, जनस्वास्थ्यमा उचित ख्याल गर्न ध्यानाकर्षण लगायत विधेययक निर्माणमा सहभागिता, सदनमा दर्विलो प्रस्तुती तथा पालिकाहरूमा विभिन्न कार्यक्रम गरेको उल्लेख गरेकी छन् ।
—