Share this News on Social Networking Pages

दाङ,७ माघ ।
दाङकाे घाेराईमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरी रहेका छन् ।

सोमबार बिहान घोराही उपमहानगरपालिका-१३ दारबोटे चोकमा बसपार्कबाट बराह पेट्रोलपम्पतर्फ जाँदै गरेको रा५प ५१७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।