Share this News on Social Networking Pages

बुटवल,५ माघ ।
बुटवलका बिभिन्न ठाउँमा चाेरी गरेको आराेपमा बुटवलमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका नीम बहादुर बोलन (सागर) र सोही जिल्लाको बागमती नगरपालिका वडा नम्बर २ का चन्द्रमान लामा रहेका छन् ।

बुटवल लगायत विभिन्न स्थानमा सार्वजनिक सवारी साधनमा प्रवेश गरी चोरी गर्दै हिँडेकाे अभियाेगमा उनिहरूलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको इलााका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।

पक्राउ गरिएका व्यक्तिहरूले लामो समयदेखि समूहमा बसेर लुटपाट गर्दै आएकाे प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

उनीहरूले गत पुस १५ गते बुटवलको राजमार्ग चौराहामा समेत चोरी गरेकाे प्रहरीको दाबी छ । उनीहरूको साथबाट ६३ हजार ५ सय नगद र ४ थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।