बुटवल,४ माघ ।
रुपन्देहीको सियारी स्थित ईटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् ।
सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामनाउद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा विहीबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए ।
कुटपिटमा संलग्न भएको अभियाेगमा कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सूचना अधिकारी कार्कीले बताए ।