Share this News on Social Networking Pages

बुटवल,२९ पुस ।
फ्लाई दुबईले भैरहवाबाट पुन अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । मौसमको कारण देखाउँदै मंसिरको अन्तिमबाट उडान रोकेको फ्लाई दुबईले आजबाट पुन दुबई भैरहवा काठमाडौं उडान सुरु गरेको हो ।

आज दुबईबाट आएको जहाज मार्फत ९० जना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । जहाजमा आएका बाँकी ८३ यात्रु काठमाडौंका गएका छन् । यस्तै १५ जना दुबई जनाका लागि भैरहवाबाट प्रस्थान गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सुचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

गत कात्र्तिक २५ गतेबाट फ्लाई दुबईले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थालेको थियो । सो कम्पनीले अब हरेक दिन दुबई भैरहवा काठमाडौं उडान गर्नेछ ।