Share this News on Social Networking Pages

बुटवल,१६ असाेज ।
नेपाल भारत सिमा क्षेत्र रुपन्देहीको वेलहियाबाट लागुऔषध (खैरो हिरोईन) सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत गोरखपुरका २४ वर्षीय शिव गुप्ता रहेका छन् ।

रुपन्ददेहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वेलहियामा यु.पि.५६ ई.पि. २७३३ नम्बरको भारतीय नम्बर प्लेटको गाडिमा चेकजाँच गर्ने क्रममा १७४ ग्राम खैरो हिरोईन (प्रतिवन्धित लागुऔषध) सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई जिल्ला अदालत रुपन्देहीबाट ९ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।