दाङ,१६ असाेज ।
जबर्जस्ती करणीको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–२ महदेवा निवासी २५ वर्षीय अनिल विश्वकर्मा रहेका छन् । उनलाई जबर्जस्ती करणी अभियोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
एक १६ वर्षीया किशोरीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।