बुटवल,१६ असाेज ।
माओवादी घटकहरूबीच धु्रवीकरण र समाजवाद स्थापनाका लागि सामना साँस्कृतिक अभियानले आज बुटवलमा साँस्कृतिक प्रस्तुति गर्ने भएको छ ।
सामना साँस्कृतिक अभियानले आज बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।
आज दिउसो १ बजेदेखि बुटवल उद्योग वाणिज्य संघको सभा हलमा हुने कार्यक्रममा मणी थापार माइला लामा सहितका वरिष्ठ जनवादी कलाकारहरुले गीत, नृत्य तथा नाट्य गरि १५ वटा प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रम रहेको सामना साँस्कृतिक अभियानले जनाएको छ ।
असाेज ११ गते हेटौंडाबाट शुरु भएको अभियान चितवन, नवलपुर हुँदै आज बुटवलमा साँस्कृतिक प्रस्तुती गर्ने तयारी छ ।
बुटवलपछि सामना परिवार कपिलवस्तु जाने साँस्कृतिक टिमकाे नेतृत्व गरेका बामपंथी नेता मणि थापाले जानकारी दिए ।
माओवादी आन्दोलन माथि भएको हमला तथा माओवादीलाई धुर्बिकरण गर्ने मुल उद्धेश्यसहित साँस्कृतिक अभियान सञ्चालन गरिएको उनलेे बताए ।
सम्पूर्ण माओवादी घटकहरुकाे समर्थन रहेको उक्त कार्यक्रमकाे नेतृत्व नेकपाले गरेकाे छ ।
पत्रकार भेटघाट कार्यक्रममा माइला लामा, नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यरो सदस्य बसन्त श्रेष्ठ, रुपन्देही जिल्ला इन्चार्ज शरद वली, रुपन्देही सेक्रेटरी बिरेन्द्र बि क लगायतका नेताहरुको सहभागीता रहेको थियो ।