बुटवल,१५ असाेज ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सोमबार अपान्हदेखि अवरुद्ध सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
नवलपरासी बर्दघाट वडा न. ४ को दाउन्ने जंगलमा रहेको खुर्सानीखोलामा सडक सोमबार दिउँसो १५:४० बजेदेखि सडक अवरुद्ध थियो ।
सडक दुईतर्फि संचालनको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।