Share this News on Social Networking Pages

उद्वार र राहतमा जुट्न नेता कार्यकर्ताहरूमा अपील
बुटवल,१४ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले प्राकृतिक विपत्तिको सवाल गम्भीर राष्ट्रिय मुद्दा बन्नुपर्ने बताएका छन् ।

बिगत २/३ दिन अविरल झरीको कारणबाट देशव्यापी रूपमा जुन अकल्पनीय जनधनको क्षति भएकाे प्रति सामाजिक सञ्जाल मार्फत दु:ख ब्यक्त गर्दै महासचिव अस्लामीले प्राकृतिक विपत्तिको सवाल गम्भीर राष्ट्रिय मुद्दा बन्नुपर्ने र बनाइनुपर्नेमा जाेड दिएका छन् ।

´नेपालको ऋतु अनुसार बर्खा सकिएको हो । तर पनि असोज महिनामा हिजो अस्ति २/३ दिन अविरल (बाक्लो) झरी परयो । यो अविरल झरीको कारणबाट देशव्यापी रूपमा जुन अकल्पनीय जनधनको क्षति भयो, ज्यादै नै दुःखदायी घटनाहरू भयो, भविष्यमा पनि यो क्षण स्मरणीय रहनेछ ।´-उनलेे भनेका छन् ।

अहिलेको प्राकृतिक विपत्तिको कारण असामयिक रूपमा दिवंगत हुनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव अस्लामीले शाेकाकूल सबै प्रति हार्दिक समवेदना प्रकट गरेका छन् । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनलेे घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न र बेपत्ता नागरिकहरुको खोजी कार्यलाई तिब्रता दिन माग गरेका छन् ।

यद्यपि पुर्खाहरूले बताएको आहान (अनुभवी उपदेश/ज्ञान) “कुराले चिउरा भिज्दैन” भन्ने सन्दर्भ वर्तमानको शक्तिशाली (काँग्रेस – कम्युनिस्ट/एमाले सम्मिलित) सरकारले थप चरितार्थ गरेको टिप्पणी गर्दै उनलेे प्राकृतिक विपत्तिको बेलामा सकेसम्म जनधनको क्षति नहोस् भन्ने तर्फ सरकार र राज्यसंयन्त्र पूर्णत: असफल भएको उल्लेख गरेका छन् ।

तथापि सम्पत्तिको क्षति व्यहोर्ने सबैको लागि राज्यले उचित गास, बास, कपासको व्यवस्था समयमै गर्न सक्रिय पहल हाेस् भन्दै महासचिव अस्लामीले विपत्तिबाट भएको सार्वजनिक क्षतिलाई राष्ट्रिय क्षमता प्रयोग गरी सल्टाउन सबै नेपालीको एकमत बन्नु पर्ने आवश्यकता औल्याएका छन् ।

प्राकृतिक विपत्ति, यसले पुर्याएको क्षतिको पूर्ति लगायतका सम्पूर्ण सन्दर्भमा वर्तमानको शक्तिशाली सरकारलाई देशप्रेमी सबैले कर्तव्य सहितको दवाब दिन एकमत हुनु नै अहिलेको राष्ट्रिय आवश्यकता हो । विपत्तिबाट भएको सार्वजनिक क्षतिलाई राष्ट्रिय क्षमता प्रयोग गरी सल्टाउन सबै नेपालीको एकमत बन्नु पर्दछ ।

विपद्का बेला स्वःस्फूर्त रूपमा खटिने सम्पूर्ण महानुभाव ज्यूहरु (संघसंस्था समेत) प्रति प्रशंसा सहित हार्दिक कृतज्ञता व्यक्त गर्दै उनलेे अकल्पनीय झरीका कारण देशव्यापी रूपमा उत्पन्न कठिन र विकराल परिस्थितिमा आ-आफ्नो क्षेत्रबाट संस्थागत सक्रियता – प्रयास र हातेमालो गर्न पनि राष्ट्रिय जनमुक्ति पार्टीका सबै नेता – कार्यकर्ताहरूमा आह्वान गरेका छन् ।