Share this News on Social Networking Pages

बुटवल,१० असाेज ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन), रूपन्देही सदस्य सेवा कार्यालय ब्यवस्थापन समितिकाे आयोजना बिहीबारदेखि आफ्ना सदस्यहरूका लागि ऋणको कानुनी प्रक्रिया तथा धितो लिलामी सम्बन्धि तालिम बुटवलमा सुरु भएको छ ।

नेफ्स्कुनका सञ्चालक तथा रूपन्देही सदस्य सेवा कार्यालय ब्यवस्थापन उपसमिति संयोजक ज्ञानु पाैडेलकाे सभापतित्व र राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक भीम प्रसाद तुलाचनकाे प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेफ्स्कुनका कानुनी सल्लाहकार शिव कुमार अधिकारी,नेफ्स्कुन रूपन्देही सदस्य सेवा कार्यालय ब्यवस्थापन उपसमिति सदस्य महेश्वर श्रेष्ठ,रूपन्देही सदस्य सेवा कार्यालय ब्यवस्थापन उपसमितिकै अर्का सदस्य मीन प्रसाद पाेखरेल,रूपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीलगायतले तालिमको आवश्यकता र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।

यस क्षेत्रका ५५ सहकारीका ७० जना सहकारी सञ्चालक तथा कर्मचारीहरूकाे सहभागीता रहेको तालिममा नेफ्स्कुनका कानुनी सल्लाहकार अधिवक्ता शिव कुमार अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक पाैडेलले जानकारी दिइन् ।

शुक्रबारसम्म चल्ने तालिममा ऋण लगानी र असुली तथा धितो लिलाम प्रक्रियामा सहकारी सञ्चालक तथा कर्मचारीले ध्यान दिनुपर्ने कानुनी तथा ब्यवहारीक ज्ञान बारे अवगत गराउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यालय प्रमुख भण्डारीले बताइन् ।