दाङ,९ असाेज ।
चट्याङ लागेर दाङकाे घाेराहीमा एक नाबालककाे मृत्यु भएको छ भने आमा छाेरी घाइते भएका छन् ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोट बस्ने ४२ वर्षीया निमकली साहुका ३ वर्षीय छोरा समिर साहु रहेका छन् । जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मङ्गलबार दिउँसो साढे ३ बजेतिर उनको कच्ची घरमा चट्याङ पर्दा निमकली, छोरा समिर र ६ वर्षीया छोरी सविना घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर लगिएको थियो ।
घाइते समिरको उपचारको क्रममा बुधबार बिहान साढे ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घाइते आमाछोरीको साेही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम रहेको छ ।