Share this News on Social Networking Pages

बुटवल,८ असाेज ।
आन्दोलनरत निर्माणव्यवसायीहरूले लुम्बिनी विकास काेषका पदाधिकारीमाथि आक्रमण गरेका छन ।

राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा मंगलबार लुम्बिनी स्थित एम हाेटलमा आयोजित कार्यक्रम भईरहेकाे बेला ठेकदारहरूकाे एक समुह हाेहल्ला गर्दै आक्रमणमा उत्रेका हुन् । ठेकेदारहरूकाे आक्रमणमा परी काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्य घाइते भएको काेषले जनाएको छ ।

उनिहरूले काेषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाकाे समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यकाे मुखमा चाेट लागेकाे छ ।

लुम्बिनी गुरूयाेजना अन्तर्गत निर्माण भएको कामकाे भुक्तानि नपाएकाे भन्दै केहिदिनदेखि निर्माण व्यवसायीहरू आन्दाेलनरत थिए । निर्माण व्यवसायीहरूकाे माग सम्बाेधन गरि समाधान गर्न लागिरहेकाे बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएकाे काेषाध्यक्ष भट्टराईले बताए । उनले आफुमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाकाे माग गरे । समितिका सभापतिमा.सोनाम गेल्जेन शेर्पाकाे अगाडि आक्रमण भएकाे हाे । बैठक चलिरहेकै बेला आक्रमण भएकाे हाे ।