बुटवल,७ असाेज ।
राष्ट्र,राष्टियता,धर्म संकृती तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पक्राउकाे बिराेध प्रदर्शनका क्रममा बुटवलबाट पक्राउ पर्ने सातजनाकाे नाम खुलेको छ । ।
पक्राउ पर्नेमा अभियानका केन्द्रिय सदस्य मुकेश कंडेल, रूपन्देही जिल्ला अध्यक्ष शंकर काेइराला,उपाध्यक्ष रामचन्द्र कहार, जिल्ला सदस्य टिका प्रसाद पौडेल,जिल्ला सदस्य तथा ति न पा नगर समिती सचिब तिलक प्रसाद भुषाल,बुटवल नगर सदस्य नन्दलाल गुप्ता र देबदह नगर सदस्य रामराज यादब रहेका छन् ।
बुटवलको राजमार्ग चाैराहबाट नारा जुलुस सहित मिलनचाेक तर्फ जादै गरेका प्रदर्शनकारीहरूमध्ये मिलनचाेक नपुग्दै प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईं पक्राउकाे बिराेधमा अभियानले आज बुटवलमा चक्काजाम गर्ने घाेषणा गरेको थियो ।
प्रदर्शनकारीहरूले दुर्गा प्रसाईं जिन्दावाद,दुर्गा प्रसाईंलाई रिहा गर
के.पि वली मुर्दावादलगायत सरकार बिराेधि चर्को नाराबाजी गरेका थिए ।
प्रहरीले प्रदर्शनकारीकाे ब्यानर समेत कब्जामा लिएको थियो ।
दुर्गा प्रसाईं पक्राउकाे बिराेधमा उनका समर्थकहरूले आइतबार बेलुका रूपन्देहीको देवदहमा मसालजुलुस प्रदर्शन गरेका थिए ।