बुटवल,७ असाेज ।
राष्ट्र,राष्टियता,धर्म संकृती तथा नागरिक बचाउ महा अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउकाे बिराेधमा प्रदर्शनमा उत्रिएका उनका कम्तीमा पाँच जना प्रदर्शनकारीलाई प्रहरीले बुटवलमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राष्ट्र,राष्टियता,धर्म संकृती तथा नागरिक बचाउ महा अभियान रूपन्देहीका अध्यक्ष शंकर काेइरालासहित कम्तीमा पाँच जना रहेका छन् ।
बुटवलको राजमार्ग चाैराहबाट नारा जुलुस सहित मिलनचाेक तर्फ जादै गरेका प्रदर्शनकारीहरूमध्ये मिलनचाेक नपुग्दै प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईं पक्राउकाे बिराेधमा अभियानले आज बुटवलमा चक्काजाम गर्ने घाेषणा गरेको थियो ।
प्रदर्शनकारीहरूले दुर्गा प्रसाईं जिन्दावाद,दुर्गा प्रसाईंलाई रिहा गर लगायत सरकार बिराेधि चर्का नारबाजी गरेका थिए ।
प्रसाईं पक्राउकाे बिराेधमा आइतबार बेलुका पुर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको देवदहमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।
गत बुधबार जिल्ला अदालत काठमाडौंबाट साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएका प्रसाईंलाई आज अपरान्ह ललितपुर स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो
।
उनको रिहाइको माग गर्दै उनका कानुन ब्यवसायीले सर्बोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणकाे रिट दिएका छन् ।