Share this News on Social Networking Pages

बुटवल,६ असाेज ।
राष्ट्र,राष्टियता,धर्म संकृती तथा नागरिक बचाउ महा अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको बिराेधमा उनका समर्थकहरूले रूपन्देहीको देवदहमा प्रदर्शन गरेका छन् ।

आइतबार बेलुका पुर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको देवदहमा आयाेजित बिराेध सभामा राष्ट्र,राष्टियता,धर्म संकृती तथा नागरिक बचाउ महा अभियानका केन्द्रीय अभियन्ता प्रेम थापाले दुर्गा प्रसाईंलाई पक्राउ गरेर सरकारले आफ्नो आयु घटाएको बताए ।

बैंक तथा वित्तीय संस्थाहरूबाट पिडित तथा भुईमान्छेहरूकाे पक्षमा आवाज उठाउदै आएका अभियानमा केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईँसहित तीन जना विरुद्ध साइबर अपराधमा झुठो मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै उनलेे प्रसाईंलाई पक्राउ गरेसँगै सरकारकाे उल्टो दिनगन्ति सुरु भएको टिप्पणी गरे ।

केपी ओली नेतृत्वको बर्तमान सरकारले अभियानका केन्द्रीय अध्यक्ष प्रसाईंमाथि कपाेलकल्पित र झुठो साइबर अपराध सम्बन्धि मुद्दा लगाई जेल हालेर दुखि गरिब र निमुखा जनताको पक्षमा आवाज उठाउनेकाे मुख थुन्ने प्रपन्च रचिएको भन्दै उनलेे प्रसाईंलाई तत्काल रिहा नगरेसम्म चरणवद्व आन्दोलनमा उत्रने चेतावनी दिए ।

गत बुधबार जिल्ला अदालत काठमाडौंबाट साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएका प्रसाईंलाई आज अपरान्ह उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।