Share this News on Social Networking Pages

पाल्पा,६ असाेज
पाल्पा जिल्लाको सामाजिक कार्यमा सकृय नारायण युवा क्लबद्वारा आयोजित “बा कप ब्याडमिन्टन प्रतियोगिता” काे उपाधि रैनादेबी छहराले हातपारेकाे छ ।

सि लेभलको प्रतियोगिताकाे उपाधी रैनादेबी छहरा गाउँपालिकाका बल बहादुर राना र थमन गाहाको समुहले हात पारेका हुन ।

प्रतियोगितामा रामपुर नगरपालिकाका आषिस शाही र मुक्ति कुमालकाे समुह द्वितिय भएको छ भने तानसेन नगरपालिकाका कृष्ण अग्रहरि र राजेन्द्र खड्कीको समुह तथा दिल बहादुर खाम्चा र कुमार सिङ्जालीको समुहले तृतीय स्थान प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुने समुहलाई १५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितिय हुनेले १० हजार र तृतीय हुने २ समुहले क्रमश ५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको नारायण युवा क्लबका सचिव विनायक महर्जनले जानकारी दिए । प्रतियोगितामा ५० समुहको सहभागीता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नारायण युवा क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त  श्रेष्ठले क्लबले पाल्पा जिल्लामा खेलाडीहरूको उत्पादन गर्नका लागि नयाँ नयाँ कार्यक्रम ल्याउने गरेको बताए ।

उनलेे अहिले सोह्र श्राद्ध चलिरहेको समयमा स्वर्गीय पिताहरूको स्मरण गरि क्लबले बा कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गरे । अबको युग कर्म गर्नेको युग भएको भन्दै सभापति श्रेष्ठले विगतको समयमा जाती विशेष,लिङ्ग विशेष,धर्म विशेषको युग भए पनि अहिलेकाे युग परिवर्तनकाे युग ,कर्म गर्नेकाे युग भएको बताए ।

अहिलेकाे समयमा जस्ले जस्तो कर्म गर्छ,उस्ले उस्तै फल पाउने भन्दै उनले सबैले इमानदारीपूर्वक कर्म गर्न आवश्यक रहेकोमा जाेड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि क्लबका पुर्व अध्यक्ष एवम तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले क्लबले सकारात्मक सन्देश प्रवाह गर्ने गरि स्वर्गीय पिताहरूलाई स्मरण गरि प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिए । क्लबसँग समन्वय गरि वडा कार्यालयले प्रत्येक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताउदै आगामी दिनमा पनि समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताए ।  

क्लबका निवर्तमान अध्यक्ष किशोर दर्शन बज्राचार्यले स्वर्गीय बुवाहरूको नाममा प्रतियोगिता आयोजना गरिएको भन्दै क्लबले पाल्पा जिल्ला भरिका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय स्तरको खेल खेलाउने तयारी गरिरहेको जानकारी दिए ।

साे अवसरमा पाल्पा जिल्लामा रहेका ब्याडमिन्टन खेलमा योगदान पुर्याउने पुर्व खेलाडीहरूलाई खादा,माला,दोसल्लाले सम्मान गरिएको उनले बताए ।

क्लबका अध्यक्ष प्रविन राज शाक्यको अध्यक्षता र सचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबद्वारा निल सागर सेवाश्रमका वृद्धाहरूलाई भोजन  

क्लबले निल सागर सेवाश्रमका वृद्धवृद्धालाई एक छाक भोजन दान गरेको छ । क्लबले सामाजिक उत्तरदायित्वको भावना अनुरूप क्लबले आइतबार द्ववृद्वालाई भोजन गराएको हो ।

तानसेन वडा न १ मा अवस्थित निल सागर सेवाश्रमले विगत लामो समय देखि सडकमा अलपत्र परेका नागरिकहरूलाई उद्वार गरि आश्रय प्रदान गरिरहेको छ । कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ,क्लबका निवर्तमान अध्यक्ष किशोर दर्शन बज्राचार्य,क्लबका उपाध्यक्ष सुनिल बुद्वाचार्य लगाएतको सहभागीता रहेको थियो ।