बुटवल,६ असाेज ।
अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ । गुल्मी जिल्लाको अस्लेवाबाट तराईका विभिन्न जिल्लामा आइ बसोबास गरेकाहरुको बुटवलमा सम्पन्न प्रथम भेलाले तुलसीराम पाण्डे (गोपाल) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य
समिति सर्वसम्मत गठन गरेको हो ।
यसअघि पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन
भएको थियो ।
समितीको उपाध्यक्षमा पुरुषोत्तम पाण्डे, सचिवमा निरा गौतम (निरु), कोषाध्यक्षमा प्रेम पाण्डे चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा हरिहर पाण्डे, डिल्लीराज पाण्डे, रविलाल पाण्डे, वेद प्रसाद पाण्डे, विजेन्द्र श्रेष्ठ, कल्पना कुँवर र विष्णु पाण्डे
रहेका छन् ।
यसैगरी भेललाले ४ सदस्यीय विधान मस्यौदा समिति चयन गरेको छ । जसको संयोजकमा भिमलाल पाण्डे र सदस्यहरुमा गोपाल प्रसाद पाण्डे, वेदनिधि पाण्डे र इश्वरी प्रसाद
पाण्डे रहेका छन् ।
भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य चिन्तामणि पाण्डेले सबै एकजुट भएर आ आफ्नो क्षेत्रको विकासमा जुट्न आवश्यक रहेको बताए । “यो परिवार हो । हामीले राजनीतिक आस्थाका आधारमा कसैलाई विभद गर्ने छैनौ ।”,
विकासमा राजनीतिक खिचातानी जरुरी नभएको उनले बताए
। “जन्मभूमिप्रति सबैको माया हुन्छ । यसरी संगठित हुँदा एक अर्काका भावना साटासाट गर्न पाइन्छ”, उनले भने ।
आफू पनि अस्लेवामै जन्मिएकाले त्यस क्षेत्रको विकासमा सदैव प्रतिवद्ध रहेको बताए ।
भेलाको उद्घाटन कार्यक्रममा समाजसेवीहरु भिमलाल पाण्डे, गोपाल प्रसाद पाण्डे, सन्तोष गौतम, डिल्लीराज पाण्डे, पुरुषोत्तम पाण्डे, निरा गौतम लगायतले आफ्नो जन्मभूमिसँगको सामिप्ता बढाउन र अस्लेवाको माटोमा जन्मिएर हाल
तराईमा बसोबास गरेकाहरुबिच सम्बन्ध स्थापित गर्न सम्पर्क समाजले पुलको काम गर्ने बताए ।