Share this News on Social Networking Pages

कपिलवस्तु,५ असाेज ।
पेस्तोलसहित कपिलवस्तुमा दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् । कपिलवस्तुकाे चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकल कृष्णनगर नगरपालिका वडा नं. ८ सानो गणेशपुर चोकमा चेकजाँच गर्ने क्रममा माेटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा गाउँका ३५ वर्षे प्रितम कुमार र भारत उत्तरप्रदेशको देबापार हरनखा बस्ने २२ वर्षे सुरज द्विवेदी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ ।

प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा द्विवेदीले कम्मरपछाडि लुकाई छिपाई राखेको अवस्थामा पेस्तोल फेला परेको जिल्ल प्रहरी कार्यालय कपिलवस्तुका प्रबक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । ५ राउण्ड गोली लोड रहेको अवस्थामा मेड ईन कानपुर लेखेको पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुकाे साथबाट प्रहरीले फेरामाईन ईन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान र केही नाम नखुलेको औषधि केही पत्तापनि बरामद गरेको छ ।