पाल्पा,४ असाेज ।
नारायण युवा क्लब तानसेन पाल्पाकाे आयाेजनामा शुक्रबारदेखि “बा कप ” ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
दिवगत बुवाहरूकाे स्मृतिम तानसेन वडा न २ काे फूलबारी कवर्डहलमा आयोजित प्रतियाेगिताकाे शुक्रबार क्लबका संस्थापक तथा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले क्लबले पाल्पा जिल्लामा खेलाडीहरूकाे उत्पादन गर्नका लागि नयाँ नयाँ कार्यक्रम ल्याउने गरेको बताए ।
अहिले साेह्र श्राद्ध चलिरहेको समयमा स्वर्गीय पिताहरूकाे स्मरण गरि क्लबले बा कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गरे । समाजमा अहिले केही भएन भन्ने भाष्य निर्माण भइरहेको भन्दै सभापति श्रेष्ठले अब याे देश बनाउने जिम्मेवारी सबै राजनीतिक पाटीका,युवाहरूकाे भएको उल्लेख गरे ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष किशाेर दर्शन बज्राचार्यले स्वर्गीय बुवाहरूकाे नाममा प्रतियाेगिता आयाेजना गरिएको भन्दै क्लबले पाल्पा जिल्ला भरिका खेलाडीहरूकाे प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय स्तरकाे खेल खेलाउने तयारी गरिरहेकाे जानकारी गराए ।
क्लबका अध्यक्ष प्रविन राज शाक्यकाे अध्यक्षता र
सचिव बिनायक महर्जनकाे सञ्चालनमा भएको कार्यक्रममा नारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष नारायण काेइराला, क्लबका सल्लाहकारहरू युवराज पाैडेल,सकुन्तला बज्राचार्य,सशस्त्र प्रहरी नायक उपरीक्षक श्याम महर्जन लगाएत क्लबका पदाधिकारी,आमा समुहका प्रमुख एवम प्रतिनिधिहरूकाे सहभागीता रहेको थियाे ।