बुटवल,४ असाेज ।
राष्ट्र,राष्टियता,धर्म संकृती तथा नागरिक बचाउ महा अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलगायत तीनजनालाई पक्राउ पुर्जी जारी भएको बिराेधमा उनका समर्थकहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।
बुटवलको अस्पताललाइनमा आयाेजित बिराेध सभामा अभियानका जिल्ला अध्यक्ष शंकर काेइराला,अभिन्ताहरु महेन्द्र शाहि,चक्र बहादुर शाही,सैनामैना उपाध्यक्ष सिता यादवलगायतले बैंक तथा वित्तीय संस्थाहरूबाट पिडित तथा भुईमान्छेहरूकाे पक्षमा आवाज उठाउदै आएका अभियानमा केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईँसहित तीन जना विरुद्ध साइबर अपराधमा झुठो मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै पक्राउ पुर्जी फिर्ता नलिएसम्म चरणवद्व आन्दोलन गर्ने चेतावनी दिए ।
केपी ओली नेतृत्वको बर्तमान सरकारले अभियानका केन्द्रीय अध्यक्ष प्रसाईंमाथि कपाेलकल्पित र झुठो साइबर अपराध सम्बन्धि मुद्दा लगाई जेल हालेर दुखि गरिब र निमुखा जनताको पक्षमा आवाज उठाउनेकाे मुख थुन्ने प्रपन्च रचिएको भन्दै उनिहरूले तत्काल पक्राउ पुर्जी नलिए कडा आन्दोलनमा उत्रन बाध्य हुने बताए ।
कार्यक्रममा दुर्गा प्रसाईं जिन्दावाद,झुठो मुद्दा खारेज गर लगायतका नारा लगाएका थिए ।