Share this News on Social Networking Pages

बुटवल,३ असाेज ।
कुलाेमा खसेर बुटवलमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल-११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेल रहेकी छन् ।

उनको बुटवल स्थित साेह्र छत्तीस कुलोमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार विविशा बिहीबार बिहान पाैने १२ बजेतिर खेल्ने क्रममा कुलोमा खसेकी थिइन् । बालिकाको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरी प्रमुख पडिण्तले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।