नवलपरासी,३ असाेज ।
निधारमा कालोपट्टी बाँधेर संविधानको विरोध गरेकाे आराेपमा पुर्बी नवलपरासीको काावासाेतीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेका राजावादी पक्षधरहरुकाे समुहका एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कावासोती २ निवासी इन्द्र सिग्देल रहेका छन् ।
निधारमा कालापट्टी बाँधेर संविधान बिराेधि कार्यक्रमकाे तयारीमा रहेका सिग्देललाई कार्यक्रम शुरु हुनुअघि पक्राउ गरेको प्रहरीले जनाएको छ ।