Share this News on Social Networking Pages

पाल्पा,३ असाेज ।
जनआन्दोलनका सर्बोच्च कमान्डर गणेशमान सिंहको २७ औं स्मृति दिवसको अवसरमा नेपाल तरूण दल पाल्पाले दीर्घ रोगीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

तरूण दल पाल्पाले दीर्घ रोगीहरूको घरमै पुगी सहयोग हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेस पाल्पाको बार्षिक क्यालेन्डर अनुसार पार्टीले भातृ एवम शुभेच्छुक सस्थालाई जिम्मेवारी प्रदान गरेको छ । सोही अनुरूप गणेशमान स्मृति दिवसको अवसरमा तरूण दल पाल्पाले दीर्घ रोगीलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै तानसेन स्थित सित्तल पाटीमा दिप प्रज्वलन गरिएको तरूण दल पाल्पाका सभापति मेजर सिङ केसीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस पाल्पाले बार्षिक क्यालेन्डर निर्माण गरि भातृ एवम शुभेच्छुक सस्थाहरूलाई क्रियाशिल बनाउन विभिन्न कार्यक्रम तय गरिएको बताए । सोहि अन्तर्गत तरूण दल पाल्पाले दीर्घ रोगीहरूलाई सहयोग प्रदान जस्तो महत्त्वपूर्ण कार्य गरेको बताए ।

सभापति श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको स्मरण गरे । नेपालमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र स्थापनापछि तत्कालिन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिएको सभापति श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहा,झपेन्द्र गैरे,सचिव सुनिता अधिकारी,नेपाली कांग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपाने,क्षेत्र न २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य लगाएतको सहभागीता रहेको थियो ।

तरूण दल पाल्पाले तानसेन वडा न १ कि दीर्घरोगी दिपा घिमिरे,वडा न २ का अरूण गौतम र वडा न २ कै कमला रजकलाई आर्थिक सहयोग प्रदान गरिएको तरूण दल पाल्पाका सचिव गोपाल गैरेले बताए । साेही अवसरमा तरूण दलले तानसेन स्थित सित्तल पाटीमा दिप प्रज्वलन समेत गरेको थियो ।

वि स १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

यसैबीच नेपाली कांग्रेस पाल्पाले पार्टीका संस्थापक नेता गणेशमान सिंहको तस्वीरमा माल्यार्पण गरि २७ औं स्मृति दिवस मनाएको छ ।

बुधबार नेपाली कांग्रेस पाल्पाको बैठक रहेको र बैठक शुरू हुनुअघि स्वर्गीय लौहपुरुष त्यागी नेता स्व.गणेशमान सिंहको तस्बिरमा माल्यार्पण गरिएको नेपाली कांग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपानेले बताए ।