बुटवल,३१ भदौ ।
नेपाल मगर संघका संस्थापक अध्यक्ष तथा प्रजातन्त्र सेनानी हेमबहादुर पुनमगरको २०औं स्मृति दिवसको अवसरमा नेपाल मगर बिद्यार्थी संघ, रुपन्देहीले साेमकार बुटवलमा मगरांत सभ्यता र पहिचानबारे बहस तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल मगर युवा संघका महासचिव राम अस्लामी मगरले स्व.हेमबहादुर पुनमगर राष्ट्रबादी नेता भएको भन्दै प्रजातन्त्रको आन्दोलन चर्किरहेको बेला देश र जनताका खातिर उनी बेलायतबाट नेपाल आएकाे बताए । मुलुक र जनता प्रती सधै बफादार र कर्तब्यनिस्ठ रहेर काम गर्दा पनि बढुवा नदिनुले मगर समुदाय माथि हिजो पनि थिचोमिचो भएको पुष्टि भएको भन्दै उनलेे मगर समुदायमाथि आज पनि उत्तिकै थिचोमिचो रहेको दाबी गरे । यस्तो वीरता र गर्व गर्न लायक इतिहास बनाएका हेमबहादुर पुनमगरलाई आदिबासी जनजाति नेतृत्वले उनको संघर्स र योगदानलाई कहिल्यै भुल्नु नहुनेमा जाेड दिए ।
कार्यक्रममा बिशेष बक्त्ता डिबी थापाले गहकिलो ईतिहास बोकेका मगर समुदायलाई संस्थागत रुपमा एक ढिक्का गरी अघी बढाउने दुरगामी सोच भएका ब्यक्तित्व स्व हेमबहादुर पुनमगरको राज्यस्थरबाट नै स्मृति दिवस मनाउनु पर्ने बताए ।
हेमबहादुर पुन २००७ सालमा राणा शासन हटाएर प्रजातन्त्र ल्याउन युद्ध लडेका योद्धा भएको स्मरण गर्दै २००७ सालको क्रान्तिमा लाग्नु भन्दा अघि हेमबहादुर बेलायती सेनामा पनि काम गरेका थिए । बेलायती सेनाको जागीर छोडेर मुक्तिसेनामा भर्ती भई राणा शासनविरुद्ध कमाण्डर बनेर लडेको जानकारी गराए ।
सो अवसरमा मगरांत सभ्यता र पहिचानका लागि संघर्स र योगदान दिएका फादर अफ हङकङ, प्रेरणाका स्रोत अग्र्ज ब्यक्तित्व प्रेम गलामी मगर र मगरांत पहिचानको आन्दोलनमा अहोरात्र खट्ने जुझारु महिला नेत् तथा साहित्यकार राधिका श्रीस मगरलाई सम्मान गरिएकाे संघले जनाएको छ ।
कार्यक्रममा नेपाल मगर संघ, सिद्धार्थनगर सचिव रुपेश पुलामी मगर, नेपाल मगर बहिआ संघ बुटवलका अध्यक्ष सरिता श्रीस मगर, आदिबासी जनजाती महासंघ रुपन्देहीका उपाध्यक्ष ईन्द्र राई,महिला अगुवा सुशु पुलामिमगर, मगर बौद्ध समाजका नारायण गाहा, युवा ब्यबसायी जुना सारु लगायतका बत्ताहरुले स्व हेमबहादुर पुनको याेगदानबारे चर्चा गरेका थिए ।
संघका अध्यक्ष रमेश सारुकाे अध्यक्षथता,उपाध्यक्ष टेक थापाले स्वागत र सचिव राजेश सिंजालीमगरले संचालनमा कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ ।