दाङ,१६ साउन ।
खोलाले बगाएर बुधबार दिउँसो दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ का ६७ वर्षीय तेजबहादुर भण्डारी रहेका छन् ।
दाङको शान्तिनगर गाउँपालिका–४ स्थित चिराघाट खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शान्तिनगरस्थित आफन्तको घरमा पुगेर फर्कने क्रममा भण्डारीलाई खोलाले बगाएर एक किलोमिटर टाढा पुर्याएको थियो ।