बुटवल,९ साउन ।
सरकारले लुम्बिनी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी सहसचिव माहादेव पन्थलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । विगत दुई महिनादेखि पन्थ निमित्त प्रमुख सचिवको जिम्मेवारीमा थिए ।
यसअघि गृह मन्त्रालय अन्तर्गतको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका पन्थलाई लुम्बिनी प्रदेश सरकारको निमित्त प्रमुख सचिव बनाएर पठाएको थियो ।