बुटवल,९ साउन ।
लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म
सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ
अफर’ ल्याएको छ ।
गत वर्ष यो अफर अत्यधीक सफल भएको थियो । पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ । केबलकारको साधारण टिकट दर एक हजार रुपैयां छ ।
यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयां मात्र तिरे पुग्ने भएको छ ।
साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । केबलकारको साधारण टिकट दर एक हजार रुपैयां छ ।
यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयां मात्र तिर्नुपर्ने छ ।
‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरु १२ बजेदेखि सांझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउंछन्’– अपरेसन म्यानेजर कायस्थले भने । सो बाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ।
यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथाप्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र य वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।
साउन महिनामा बसन्तपुरको टप स्टेशनमा महादेव शिवको वाहन नन्दीसमेत रहेकाले जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।
मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरुले ५ सय रुपैया भारुमा टिकट खरिद गर्न सक्ने केबलकारका म्याजेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए ।
लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।
मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको म्याजेजर घिमिरेले बताए । टप स्टेशनमा जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल
उद्यान, वरपिपल चौपारी, पोखरीलगायतका धार्मिक संरचनाहरु रहेका छन् ।
केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिंदै आएको छ ।