बुटवल,८ साउन ।
लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसले प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको बताइएको छ ।

कांग्रेस संस्थापन पक्षीय नेताहरूका अनुसार प्रमुख सचेतक बर्दियाका तिमिल्सिना सहित गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन् । न्यौपाने शेखर गगन समुहका हुन भने अन्य सबै सस्थापन पक्षका हुन ।

कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापाबाहेक सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।

मन्त्री बन्नेहरु तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र २ (१), कार्की गुल्मी १ (२), थापा प्यूठान १ (२) न्यौपान दाङ २ (२) कुर्मी बाँके ३ (२) बाट निर्वाचित हुन् ।

कांग्रेस एमालेबीच मन्त्रीकाे संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेकाे बताईएको छ ।