बुटवल,७ साउन ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले साेमबार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । नेपाली कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबारै प्रदेश प्रमुख समक्ष दाबि पेश गरिएको थियो ।
आचार्यलाई संविधानकाे धारा १६८ काे उपधारा २ बमोजिम
प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रिय निर्देशन अनुसार आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको बताइएको छ ।
लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।