कपिलबस्तु,३ साउन ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ कपिलबस्तु प्राचिनको पद हस्तान्तरण कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ ।
बुधबार एक कार्यक्रमकाबीच वर्ष २०२३/०२४ का अध्यक्ष राजेश ज्ञवालीले वर्ष २०२४/०२५ का अध्यक्ष सन्तोष कसौधनलाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वर्ष २०२३/०२४ का अध्यक्ष राजेश ज्ञवालीले आफ्नो कार्यकालमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै क्लबले विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिएको बताए ।
उनले वर्ष २०२३/०२४ मा आँखा शिविर,स्कूलमा पानी टंकी निर्माण,बच्चाहरुलाई ब्यग वितरण, स्कूलमा मास्क तथा सेनिटाईजर वितरण, गरीब दुखीलाई रासन वितरण, स्कूलमा कम्प्युटर हस्तान्तरण, स्कूलमा शैक्षिक सामाग्री वितरण, साँझा प्रयासलाई अक्सिजन कन्सेन्ट्रेटर, लायन्स लिडरहरुलाई नेतृत्व विकास तालिम ,रक्त अल्पता सम्बन्धी जनचेतना मूलक कार्यक्रम, क्यान्सर सम्बन्धी वक्तृत्वकला प्रतियोगिता, ७ दिने निःशुल्क उर्जा ध्यान शिविर, बुद्धभूमि नगरपालिकामा ५०० सय विद्यार्थीहरुलाई ब्याग वितरण र नाक, कान, घाटी तथा महिलाहरुको लागि स्वास्थ्य शिविर लगायतका १४ वटा कार्यक्रम गरिएको ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ कपिलबस्तु प्राचिनका चार्टर प्रेसिडेन्ट रविन्द्रनाथ ठाकुरले क्लब स्थापना गर्नु मात्र ठूलो कुरा नभई जोगाउनु महत्वपूर्ण कुरा रहेको बताए । उनले सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्नुपर्नेमा जाेड दिए । लायन्स क्लब अफ कपिलबस्तु प्राचिनले यस क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको भन्दै उनलेे यसलाई निरन्तरता दिदै जानुपर्ने आवश्यकता औल्याए ।
उनलेे क्लबकाे २०२३/०२४ नेतृत्वको कार्यसमितिले धेरै राम्रो कामहरु सम्पन्न गरेको बताए ।
साे अवसरमा लायन्स क्लब अफ कपिलबस्तु प्राचिन २०२३/०२४ का अध्यक्ष राजेश ज्ञवालीले आफ्नो कार्यकालमा गरेका कार्यक्रममा विशेष सहयोग पु–याएका व्यक्तित्वलाई सम्मान गरेका थिए ।
यस्तै अध्यक्ष ज्ञवालीलाई २०२३/०२४ मा गरेका कार्यक्रमको मुल्याङ्कन गर्दै प्रमुख अतिथि चार्टर प्रेसिडेन्ट रविन्द्रनाथ ठाकुरले कदर–पत्र प्रदान गरेका थिए ।